शिक्षा क्षेत्रमा साढे एक अर्ब बजेट, के के छन् कार्यक्रम ?

१५ जेष्ठ २०७६, बुधबार १६:४९ मा प्रकाशित

काठमाडौँ, १५, जेठ । सरकारले आर्थिक बर्ष २०७६/७७ मा शिक्षा क्षेत्रको लागि १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। आगामी बर्ष ७० जिल्लालाई पूर्ण साक्षर तुलाउने उदेश्य रहेको संसदमा पेश संघीय बजेटमा उल्लेख छ।

सबै सामुदायिक विद्यालयको भवन निर्माण कार्यक्रममा ३०० विद्यालयका भवन निर्माण गर्न ८ अर्ब ५३ करोड विनियोजन गरिएको छ। त्यस्तै विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन गरिएको छ ।

एक विद्यालय एक खेलकुद शिक्षकको व्यवस्था, मदरसा र गुठिलाई मूलधारको शिक्षामा ल्याइने लगायतका कार्यक्रम यस बर्षको शिक्षाको बजेटमा उल्लेख छ।

त्यस्तै सबै विद्यालयहरुलाई अपांगमैत्री बनाइने भएको छ। सरकारले दिवा खाजामा ५ अर्ब रुपैयाँ छुट्याएको छ। बालबालिकाको दिवा खाजा बालबालिकाको आमा मार्फत उपलब्ध हुने जनाइएको छ। त्यस्तै सरकारी विद्यालयका छात्रालाई स्यानिटरी प्याड निशुल्क उपलब्ध गराइने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी