चीनबाट सामान बोकेर ४ कन्टेनर नेपाल भित्रिए

१५ जेष्ठ २०७६, बुधबार १५:०३ मा प्रकाशित

तातोपानी, १५ जेठ । भूकम्पपछि बन्द भएको तातोपानी सञ्चालनमा आएपछि पहिलोपटक चीनबाट सामान बोकेर कन्टेनर नेपाल आइपुगेका छन् । भन्सारको औपचारिक उद्घाटन बुधबार हुने भएपनि मंगलबार नै ४ वटा नेपाली कन्टेनर सामान ल्याउन चीनको खासाबजार गएका थिए ।

४ वटै कन्टेनर दिउँसो १ बजेतिर लार्चामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको तातोपानी भन्सार कार्यालयको इन्टरमोडल क्वारेनटाइन कार्यालयका वरिष्ठ अधिकृत कमल ज्ञवालीले जानकारी दिए । तातोपानी भन्सार पूर्ण रुपमा सञ्चालनमा आउने भएपछि स्थानीय होटल तथा बजारमा चहलपहल बढ्न थालेको छ ।

चीनबाट सामान बोकेर कन्टेनर नेपाल आइपुगे पनि तत्कालै भन्सार जाँचपास भने नहुने भएको छ । लार्चामा चीनले बनाइदिएको अत्याधुनिक सुख्खा बन्दरगाहमा भन्सारका लागि आवश्यक प्रणाली र उपकरण जडान भैसकेको छैन ।

१ सय ८२ वटा कन्टेनर पार्किङ गर्न मिल्ने अत्याधुनिक लार्चा बन्दरगाह चीन सरकारले १२ करोड ७० लाख युआन खर्च गरी निर्माण गरिदिएको हो ।

नेपाल–चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्ग २०७१ सालमा जुरेमा आएको पहिरोका कारण आशिंक रुपमा ठप्प भएको थियो भने २०७२ सालको भुकम्पपछि पूर्ण रुपमा ठप्प भएको थियो । पहिला यो नाकाबाट वर्षको २० अर्ब रुपैयाँ बराबरको आयात र साढे २ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार हुँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि