प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश २ को पहिलो जित

१५ जेष्ठ २०७६, बुधबार १४:३६ मा प्रकाशित

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर दुईले पहिलो जित दर्ता गराएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ९४ रनको सामान्य चनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले १६ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

प्रदेश दुईको जितमा हरिशंकर शाहले अर्धशतकीय पारी खेले । उनले अविजित ५५ रन बनाए । त्यस्तै हसिम अन्सारीले १७ रन बनाउँदा रवि शाहले अविजित १६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ३०.४ ओभरमा सबै विकेटको क्षतिमा ९३ रन मात्रै बनाएको थियो । कर्णालीका लागि प्रकाश जैशीले ३७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले १४ रन बनाए ।

बलिङतर्फ प्रदेश दुईका कुमार थापाले तीन विकेट लिए । राशिद खान, सांशद शेख र हरिशंकर शाहले समान २÷२ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

आजको प्रमुख समाचार