एभरेस्ट म्याराथनको उपाधि सुमन र सुनमायालाई

१५ जेष्ठ २०७६, बुधबार १४:२४ मा प्रकाशित

सोलुखुम्बु, १५ जेठ । तेन्जिङ/हिलारी एभरेस्ट म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ र सुनमाया बुढाले हात पारेका छन् । १७ औं संस्करणको म्याराथनको उपाधि पुरुषतर्फको कुलुङ र महिलातर्फको बुढाले हात पारेकी हुन् ।

सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको दूरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गरे भने महिलातर्फ सुनमाया बुढाले ५ घण्टा तीन मिनेट ४ सेकेण्डमा पूरा गरिन् ।

पुरुषतर्फ कपिलदेव बुढा निर्धारित दूरी ३ घण्टा ५६ मिनेटमा पार गर्दै दोस्रो र रामकुमार राजभण्डारी ३ घण्टा ५८ मिनेटमा पार गर्दै तेस्रो भए । महिलातर्फ रोजिना भण्डारी ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा दूरी पार गर्दै दास्रो र हुमी बुढा मगर ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा पार गर्दै तेस्रो भईन ।

सगरमाथाको आधार शिविरबाट सुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुँदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको थियो ।

महिला र पुरुष दुवै प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ