मनाङमा पर्वतारोहण विद्यालय खुल्ने

१५ जेष्ठ २०७६, बुधबार १३:२७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ जेठ । मनाङमा पर्वतारोहण विद्यालय खुल्ने भएको छ । १२औँ सगरमाथा दिवसका अवसरमा उम होङ गिल फाउण्डेशन साउथ कोरिया र नेपाल पर्वतारोहण संघ (एनएमए)बीच हस्ताक्षर भएको हो । सम्झौतामा उम होङ गिल फाउण्डेशनको तर्फबाट उम होङ गिल र एनएमएका तर्फबाट अध्यक्ष शान्तवीर लामाले हस्ताक्षर गरे ।

यसैबीच सगरमाथा दिवसका अवसरमा राष्ट्रिय सगरमाथा पुरस्कारद्धारा उम होङ गिललाई सम्मानित गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले एक लाख नगदसहित सम्मान गरे ।

दिवसकै अवसरमा तेन्जिङ हिलारी पुरस्कारद्धारा अष्टेलियन नागरिक एन्थोनी गोडेल र नेपाली द्धय माया शेर्पा र ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुले जनही ५०÷५० हजार पुरस्कार पाएका छन् ।

यसवर्ष हाम्रो प्राथमिकता, सफा सगरमाथा भन्ने नाराका साथ सगरमाथा दिवस मनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१