गृहसचिव बन्न सचिवहरुमा तंछाडमछाड

२० श्रावण २०६९, शनिबार ०९:२३ मा प्रकाशित

काठमाडौं, २० साउन । गृहमन्त्रालयको सचिव पद हत्याउन विभिन्न सचिवहरुले दौडधुप सुरु गरेका छन् । सरकारले लिलामणि पौडेललाई मुख्यसचिवमा बढुवा गरेका कारण असन्तुष्ट भई गृहका सचिव सुशीलजंग राणाले राजिनामा दिएपछि यो मन्त्रालय केही दिनदेखि सचिवविहीन रहंदैआएको छ । गृहको सचिव हुन बनमन्त्रालयका सचिव नवीन घिमीरे, मन्त्रीपरिषदका सचिव जयमुकुन्द खनाल, रक्षामन्त्रालयका सचिव माधवप्रसाद रेग्मी, उद्योगमन्त्रालयका सचिव उमाकान्त झा र उर्जामन्त्रालयकी सचिव वृन्दा हाडाले विशेष लविङ गरिरहेका छन् ।
गृहमन्त्री विजयकुमार गच्छदारले घिमिरेलाई ल्याउने तयारी गरिरहेको एका स्रोतले जनायो । उनले गृहमा घिमिरेलाई पठाइदिन प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष विशेष आग्रहसहितको सिफारिस गरिसकेको स्रोतको कथन छ । अन्य मन्त्रालयको तुलनामा गृहका सचिव शक्तिशाली हुने र देशैभर सञ्जाल हुने भएकोले पनि गृहमन्त्रालयको सचिव हुन सचिवहरु हुरुक्क हुनेगरेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले