आगामी वर्षको बजेट सङ्घीय संसदमा पेश हुँदै, ४ क्षेत्रलाई बिशेष प्राथमिकता तोकिँदै

१५ जेष्ठ २०७६, बुधबार ११:५९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट बुधबार सङ्घीय संसद्मा पेश गर्दैछ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्ने कार्यसूची छ । नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो । बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई १५ खर्ब बराबरको बजेट ल्याउन सीमा तोकेको छ ।

चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आवको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयमुखी बनाउने लक्ष्य राखेको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ ।

चालू आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी