प्रधानमन्त्रीद्धारा गणतन्त्र दिवसको सन्देश ‘जनताको अनुहार मलिन हुन दिन्नौ’

१४ जेष्ठ २०७६, मंगलवार १७:५३ मा प्रकाशित

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले विकासको प्रस्थानविन्दू सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षा भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं । यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”

गणतन्त्र दिवसले नेपालीहरुलाई गणतन्त्र र जनप्रतिनिधीत्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गरे । उनले वर्तमान सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर रहेको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ