प्रधानमन्त्रीले देशलाई क्याम्बोडिया बनाउन खोजेः थापा

१४ जेष्ठ २०७६, मंगलवार १५:२४ मा प्रकाशित

दमौली, १४ जेठ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले चार वर्षमा देश बर्बाद हुने चेतावनी दिएका छन् । दमौलीमा आयोजित कार्यक्रममा थापाले वर्तमान सरकारका गतिविधिले त्यस्तै संकेत गरेको बताए ।

उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै थापाले ‘लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन् । रोजगारी पनि घट्नेछ’ भने ।

नेता थापाले सरकार अझ अनुदार बन्ने र भावी दिनको चुनाव पनि नाम मात्रको हुने आशंका गरे । चीनको अवस्था फरक भएको भन्दै उनले कुनै पनि कम्युनिस्टको नेतृत्व भएको मुलुकले समृद्धि हाँसिल नगरेको जिकिर गरे । ‘अझ हाम्रो प्रधानमन्त्रीको आदर्श हुन् सेन हुन्’ उनले भने, ‘प्रधानमन्त्री देशलाई क्याम्बोडिया बनाउन चाहँदै हुनुहुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर