पहिलो पटक अपर मुस्ताङमा टेलिकमको सेवा

१४ जेष्ठ २०७६, मंगलवार १५:०९ मा प्रकाशित

काठमाडौँ, १४ जेठ । नेपाल टेलिकमले लोमान्थांग गाउँपालिकाका विभिन्न स्थानमा जि.एस.एम. मोबाइल सेवा सुुरु गरेको छ । मुस्ताङको लोमान्थांग छोसेर भन्ने ठाउमा हिजोदेखि टेलिकमले जीएसएम मोबाइल बीटीएस सेवा सञ्चालनमा ल्याएको हो ।

चीनको सीमानासम्म जोडिएका मुस्ताङको ती गाउँमा यसअघि कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । उक्त स्थानमा टुजी तथा थ्रीजी मोबाइल सेवा टेलिकमले हिजोबाट सञ्चालनमा ल्याएको छ । दुर्गम तथा विकट ठाँउ भएकोले जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै ढिलो र कठिनाईका बाबजुद सम्पन्न भएको छ ।

एक कार्यक्रम गरेर मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो । टेलिकमको यो मोबाइल सेवा सञ्चालनबाट समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।