मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ किलोमिटर निर्माण सम्पन्न

१४ जेष्ठ २०७६, मंगलवार १४:३८ मा प्रकाशित

रासस, काठमाडौँ, १४ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ ।

यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो–नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । खोकना–सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ ।

चीन सरकारको सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ ।

भारत सरकारको सहयोगमा वीरगञ्ज–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । मेची–महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी छ । लिङ्क मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार