मोदीको सपथमा विमस्टेकका सदस्यलाई निम्तो, सार्कलाई बाइपास

१४ जेष्ठ २०७६, मंगलवार ०८:३१ मा प्रकाशित

काठमाडौँ, १४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा भाग लिन नेपाललाई औपचारिक निमन्त्रणा आएको छ । मे ३० मा प्रधानमन्त्री मोदीले दोश्रोपटक भारतीय प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् ।

सो समारोहमा भाग लिन नेपाल लगायतका विमस्टेक सदस्य राष्टहरुलाई निमन्त्रणा गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीटमार्फत जनाएका छन । यसअघि सार्क अध्यक्ष लगायत सदस्य देशका प्रमुखहरुलाई सपथ समारोहमा निमन्त्रणा गर्ने चलन थियो । तर यो पटक भने विमस्टेक सदस्य राष्टका प्रमुखहरुलाई निमन्त्रणा गरिएको हो ।

सपथ समारोहका लागि निम्तो आएपछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने तयारीमा छन् । यद्यपि, भ्रमणको बारेमा औपचारिक धारणा सरकारबाट बाहिर आएको छैन ।

सन् २०१४ मा प्रधानमन्त्री मोदीले सपथ लिँदा सार्क अध्यक्ष देशका राष्ट्रप्रमुखको रुपमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ लगायतका सार्क सदस्य देशका प्रमुखहरु उपस्थित थिए । यसअघि नेपालको अध्यक्षतामा १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएपनि भारत र पाकिस्तानबीच देखिएको बढ्दो तनावका कारण १९ औं सार्क शिखर सम्मेलन हुन सकेको छैन ।

१९ औं सार्क शिखर सम्मेलन पाकिस्तानको राजधानी इश्लामावादमा हुने भनिए पनि भारतले अस्वीकार गरेपछि हुन नसकेको हो । दोस्रो पटक प्रधानमन्त्री हुन लागेका मोदीले बिमस्टेक सदस्य राष्ट्रलाई निमन्त्रणा दिएपनि सार्क अध्यक्ष लगायतका सदस्यलाई सपथ समारोहमा आमन्त्रण नगर्दा सार्कको बिकल्पमा भारतले बिमस्टेकलाई अघि सार्न चाहेको विश्लेषण हुन थालेको छ ।

सन् २०१६ मै हुनुपर्ने सार्कको शिखर सम्मेलन अझै अनिश्चित छ । सार्क सदस्य राष्ट्रलाई निमन्त्रणा गर्दा पाकिस्तान सामेल हुने भएकाले मोदीले सार्कलाई छाडेर बिमस्टेकका सदस्यलाई मात्र निमन्त्रणा गरेका हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागमती ।बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख