कम्युनिष्ट सरकारलाई पत्याएनन विदेशीले, अनुदान र ऋण दुवै घट्यो

१४ जेष्ठ २०७६, मंगलवार ०८:२५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १४ जेठ । नेपाललाई मित्रराष्ट्र र दात्री दातृ निकायले दिने अनुदान सहायता र ऋण दुवै घटेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सोमबार संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा यस्तो तथ्य उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षको ८ महिना अर्थात फागुन महिनासम्म १ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको थियो । जसमा अनुदान र ऋणको अनुपात २९.९ र ७०.१ प्रतिशत थियो ।

तर यो आर्थिक वर्षको फागुनसम्म जम्मा ५० अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको छ । यसमा अनुदान र ऋणको अनुपात १४.८ र ८५.२ प्रतिशत छ । वैदेशिक अनुदान र ऋणको उपयोग गत बर्षको ८ महिनाको तुलनामा झण्डै ८१ अर्बले कमी हो ।

अर्थमन्त्रीले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म १३ अर्ब ४९ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण गरेर १ खर्ब ७ अर्ब १८ करोड रुपैयाँको प्रतिबद्धता आएको छ ।

तर अघिल्लो वर्षको ८ महिनामा अर्थात फागुनसम्म १ खर्ब ५० अर्ब ८८ करोड रुपैयाँको वैदेशिक सहायता र ऋणको प्रतिबद्धता आएको थियो । पोहोरभन्दा यो वर्ष ४३ अर्ब कम अनुदान तथा ऋण सहायताको प्रतिबद्धता प्राप्त भएको छ ।

अर्थमन्त्री खतिवडाले समृद्द नेपालको लागि स्वदेशी पुंजी मात्रै प्रयाप्त नभएको बताईरहंदा बिदेशी सहायता र ऋणको प्रतिबद्दता घट्दै गएको छ । यस्तो अवस्था कायम रहेको अवस्थामा आउँदो वर्षको बजेटको स्रोतमा असर गर्ने देखिएको छ । यद्दपी विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष र युएनडिपीका विश्वासिला पात्रको रुपमा लिईने अर्थमन्त्री खतिवडाले बिदेशी ऋणको आशामा आगामी बजेट ल्याउन लागेको चर्चा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी