खुल्यो तातोपानी नाका

१३ जेष्ठ २०७६, सोमबार १८:१६ मा प्रकाशित

काठमाडौँ, १३ जेठ । २०७२ सालमा गएको गोर्खा भूकम्प र बाढी पहिरोको कारण चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारबाट अनौपचारिक रुपमा खुलेको छ । जेठ १५ गते औपचारिक रुपमा नाका खुलाउने तयारी अन्तिम चरणमा पुगेपछि सोमबार सामान लिन ६ वटा कन्टेनर र १० जना लोडर खासामा पुगेका छन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार जेठ १५ गते औपचारिक रुपमा नाका सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको निर्माण नसकिएपछि अहिले तत्कालका लागि तल अर्को पुल बनाइएको छ । अहिले उक्त पुलबाट ढुवानी हुने छ । अध्यागमन कार्यालय कोदारीले चिनियाँ सामान लोड गर्न जानका लागि १० जनालाई पास उपलब्ध गराएको छ ।

सो कार्यक्रमका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव जाने छन् । नेपालका लागि चिनियाँ राजदुत होउयान्छि भोलि नै तातोपानी जाने छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत