‘बम पड्काउने समूहलाई सोध्न चाहन्छु माग के हो ?’: ओली

१३ जेष्ठ २०७६, सोमबार १७:२२ मा प्रकाशित

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधी तत्वहरु सक्रिय रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताए ।

‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?’ ओलीले भने । प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै भने, ‘अब के चाहियो ?’ उनले भने । नेत्र बिक्रम चन्द (विप्लव) समूहको उद्देश्य पैसा उठाउने बाहेक अरु नभएको प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने समेत बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको