सरकारी उद्योगको कपडा कर्मचारीले अनिवार्य प्रयोग गर्नुपर्छः मन्त्री यादव

१३ जेष्ठ २०७६, सोमबार १४:२४ मा प्रकाशित

रासस, विराटनगर, १३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटौडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले उद्योग भाडामा सञ्चालन गर्ने र नेपाली सेना, प्रहरीले आवश्यकता अनुसारको उत्पादन प्रयोग गर्नुपर्ने बताए ।

मन्त्री यादवले उच्च अदालतको न्यायाधीशको नेतृत्वमा गठन गरिएको आयोगको प्रतिवेदनपछि सरकारद्वारा सञ्चालित रुग्ण उद्योगहरू गोरखामा रहेको रबर उद्योग, वीरगञ्ज चिनी कारखाना, बुटवलको धागो उद्योग व्यवस्थितरूपमा सञ्चालनका गर्ने जानकारी दिए । पाँच वर्षको अवधिमा सरकारले बन्द रहेको गोरखकाली रबर उद्योगका कर्मचारीलाई एक अर्ब १० करोड भुक्तान गरेको जानकारी पनि दिए ।

मन्त्री यावदले विगतको सरकारले निजी क्षेत्रलाई सरकारका उद्योग कौडीको मूल्यमा बिक्री गरेको आरोप लगाउँदै आगामी दिनमा सरकारले निजी साझेदारीको अवधारणाअनुसार सरकारी उद्योग सञ्चालन गर्ने दाबी गरे ।

विराटनगर जुट मिल प्रतीकको रूपमा रहेको चर्चा गर्दै यसलाई सञ्चालन गरी जिउँदो सङ्ग्रहालयको रुपमा स्थापीत गरिने बताए । चिनी उद्योगी बच्नुपर्ने, उपभोक्ताले शुपथ मूल्यमा वस्तु पाउनुपर्ने र किसानले समयमा रकम भुक्तानी पाउनुपर्ने अवधारणाको सोचअनुसार सरकारले कार्य गरिहेको र यो समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार