बुद्ध एयरको कोलकत्ता उडान सुरु

१३ जेष्ठ २०७६, सोमबार १४:०४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ जेठ । नीजि क्षेत्रको बायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकत्ता उडान सुरु गरेको छ । हप्ताको तीन उडान गर्नेगरी बुद्धले सोमबारबाट उडान सुरु गरेको हो ।

कोलकत्ता जाने बुद्धको जहाज सोमबार, बुधबार र शुक्रबार विहान ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्नेछ । विहान १०ः२५ बजे नेताजी सुवाशचन्द्र बोस एयरपोर्टबाट काठमाडौँका लागि उड्नेछ ।

२२ हजार २ रुपैयाँ दाहोरो टिकट शुल्क कायम भएको उक्त गन्तव्य उडान १ घण्टा ३० मिनेटको हुने बुद्ध एयरका मार्के्टिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशीले बताए । ७२ सिट क्षमताको जहाजमार्फत उडान सुरु गरेको बुद्धले पहिलो उडानमा ५५ जना यात्रुलाई कोलकत्ता पठाएको जनाएको छ । फर्किदा ६५ जना फर्किएका छन् । पहिलो उडानले आफूहरु निकै हौसिएको उनको भनाई छ ।

बुद्धका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बुद्ध एयरको जहाजमार्फत कोलकत्ताबाट काठमाडौँ आएका यात्रुलाई स्वागत गरेका छन् । बुद्ध एयरले सोमबार उडान सुरु गरेको अवसरमा कोलकत्तामा केक काटेर खुशीयाली मनाएको छ ।

आगामी तीन महिनासम्म यात्रुको चाप र सेवाका सन्दर्भमा आउने प्रतिक्रिया हेर्ने र त्यसपछि थप सेवा विस्तारका बारेमा छलफल हुने बुद्धले जनाएको छ ।

बुद्धले यसअघि देखी नै भारतको वाराणशीमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार