विप्लबको विस्फोटमा नागरिक मरेका छैननः गृहमन्त्री थापा

१३ जेष्ठ २०७६, सोमबार १२:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ जेठ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा भएका छुट्टाछुट्टै विष्फोटमा मृत्यु भएका नागरिक नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले मृतक चारैजना प्रतिवन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको बताए ।

गृहमन्त्री थापाले आइतबार भएका विष्फोटमा परी घाइते भएका अधिकांश व्यक्ति पनि प्रतिवन्धित नेकपाका कार्यकर्ताहरु नै भएको दाबी गरे । “नेकपा विप्लव भनिने समूहको मूल निशाना उपत्यका बनेको छ । हिजो भएका विष्फोटका घटनामा चारजनाको मृत्यु भएको छ । केही घाइते भएका छन्,’’ उनले भने, “विष्फोटमा नागरिकको मृत्यु भएको छैन, समूहसँग सम्बद्धको मृत्यु भएको छ । घाइतेहरु पनि अधिकांश सोही समूहसँग आवद्ध छन् ।’’

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा चारवटा कम्पनी दर्ता गरेर आवान्छित गतिविधि गरिरहेको जानकारी सरकारसँग रहेको बताए । उनले उक्त समूहसँग वार्ताद्वारा समस्या समाधानका लागि पहल गरिरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।