पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाईप बेकेको ट्रकमा आगजनी

१३ जेष्ठ २०७६, सोमबार ११:१० मा प्रकाशित

बारा, १३ जेठ । बाराको सिमरामा रोकिराखेको भारतिय लरी (ट्रक)मा आइतबार राती अज्ञात समुहले आगजनी गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको हो ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो । ट्रकमा राती १२ बजे आगो लागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए । आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको