प्रचण्डको घर जाने बाटोमा बम फेला

१३ जेष्ठ २०७६, सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौँ, १३ जेठ । नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर जाने बाटोमा बम फेला परेको छ ।

प्रचण्डको घर जाने बाटो ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको हो । यहि बाटो हुदै प्रचण्डको निवास खुमलटार पुगिन्छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । उक्त बम नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

त्यस्तै ललितपुरकै भैंसीपाटी, हात्तीवन र खुमलटारमा पनि बम भेटिएको छ । भैंसीपाटीको बम सेनाको डिस्पोजल टोली डिस्पोज गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार