बन्दको अबज्ञा गरेको भन्दै दुई ट्रकमा आगजनी

१३ जेष्ठ २०७६, सोमबार ०८:५६ मा प्रकाशित

मकवानपुर, १३ जेठ । बन्दको अबज्ञा गरेको भन्दै मकवानपुरमा विप्लब समुहका कार्यकर्ताले दुई ट्रकमा आगजनी गरेका छन् । जिल्लाको हेटौंडा– १ चौकीटोलमा र थाहा नगरपालिका– १ खानीगाउँमा ट्रक जलाएका हुन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रक र हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा उनीहरुले आगजनी गरेका हुन् ।

बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक प्रेसरकुकर बम फेला परेको छ ।बमलाई नेपाली सेनाले निष्कृय पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।