विप्लपको बन्दले देशभरको जनजीवन प्रभावित, ठाउँठाउँमा विष्फोट र आगजनी

१३ जेष्ठ २०७६, सोमबार ०८:२७ मा प्रकाशित

काठमाडौं, १३ जेठ । आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित नेत्रविबmम चन्द बिप्लव समूहको नेपाल बन्दको प्रभाव देशैभर परेको छ । विप्लबको सोमबारको बन्दको क्रममा राजधानीसहित देशभरका प्रमुख शहरमा बम आतंक देखिएको छ । बाग्लुङ, रौतहट, चितवन, सर्लाही लगायतका मुख्य बजारमा बम राखिएको छ । बन सेनाले डिस्पोज गरेको छ ।

पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

पोखराको विभिन्न तीन ठाउँमा पनि आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको छ ।

आईतबार मात्रै उनीहरुले राजधानीसहित विभिन्न स्थानमा बिष्फोट मात्र गराएका थिए । आइतबार अपरान्ह भएको विष्फोटमा परी ४ जनाको मृत्यु समेत भएको थियो ।

प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ । आज बन्दले गाडी चलेका छैनन , विद्यालयहरु सबै बन्द छन । सुरक्षा निकायले सुरक्षा ब्यवस्था कडा बनाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि