बाबुराममा तानाशाही प्रवृत्ति बढ्दै : ओली

१९ श्रावण २०६९, शुक्रबार २२:४९ मा प्रकाशित

काठमाडौं, १९ साउन । एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईमा तानाशाही प्रवृत्ति बढ्दै गएको आरोप लगाएका छन् । दश दिन लामो भारत भ्रमण सकेर फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग आज कुरा गर्दै नेता ओलीले तानाशाहरुको सधै दुखद अन्त्य हुने गरेको भन्दै नक्कली छलछामको राजनीति नगर्न भट्टराईलाई सुझाव दिए ।

आफ्नो नेतृत्वमा नयाँ सहमतिको सरकार गठन गर्ने विषयमा आफूले भारतीय नेताहरुसँग कुनै छलफल नगरेको ओलीले दावी गर्नुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतको सधैं सहयोग र साथ रहने गरेको भन्दै नेता ओलीले यस्लाई अन्यथा रुपमा लिन नहुने बताउनुभयो । भारतले छिट्टै नेपालको शान्ति प्रक्रिया पूरा भएको हेर्न चाहेको ओलीले बताए । नयाँ ढंगको राजनीतिक सहमतिका साथ नेपालको गतिरोध अन्त्य गर्नुपर्ने पक्षमा भारत रहेको ओलीको भनाई थियो । राजनीतिक सहमति जुटाउन सरकारले उपप्रधानमन्त्री विजयकुमार गच्छेदारको नेतृत्वमा गठन गरेको वार्ता टोलीको कुनै औचित्य नरहेकाले ओलीको कथन थियो ।
ओलीले भारतीय नेताहरुको बडि ल्याङ्वेजु हेर्दा प्रधामनन्त्री बाबुराम भट्टराईको गतिविधिबाट उनीहरुले लाज मानिरहेको आफुले पाएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको कदमलाई कुटनीतिक मर्यादाका हिसाबले पनि उहाहरुले केही भन्ने कुरा भएन, तर मैले बडी ल्यांङ्वेजबाट बुझ्दा भट्टराईको कामबाट उनीहरुले लाज मानेका छन् ।’ उनले शान्ति, संविधान र लोकतान्त्रिक पद्घतिका लागि विपक्षीहरुले गरिरहेको आन्दोलनलाई भारतीय नेताहरुको समर्थन रहेको बताएका छन् । मैले हाम्रो अहिलेको रोडम्याप के हो भन्ने कुरा उहाहरुलाई भिनिदिए त्यसलाई उहाहरुले सकारत्मक लिनुभयोु नेता ओलीले भने । नेपालको राजनीतिक निकासको सम्बन्धमा नेपालीहरुले निर्णय गर्ने भएकाले त्यसम्बन्धमा आफूले कसैसँग सुझाव नलिने गरेको र भारतीय नेताहरुसँग पनि ुके उपयुक्त होला भनेर कुराकानी नभएको ओलीले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका