आफ्नो कमीकमजोरीप्रति चिनियाँ प्रधानमन्त्रीको याचना

१ चैत्र २०६८, बुधबार ०८:५८ मा प्रकाशित

काठमाडौ, १ चैत । चिनियाँ प्रधानमन्त्री बेन जिया बाओले आफ्नो कार्यकालमा भएका कमी कमजोरीहरुप्रति माफी माग्नुभएको छ । चीनको ग्रेट हलमा आजआयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो प्रधानमन्त्री कालमा सामाजिक रुपमा देखा परेका केही असहजता र केही कमीकमजोरीहरुका साथै आर्थिक विकासमा देखापरेको केही शिथिलताको समस्यासम्बन्धी जिम्मेबारी आफुले लिने बताउनुभयो । उहाँले यी सबै कमीकमजोरी एवम् समस्याहरुप्रति आफू  क्षमाप्रार्थी भएको भन्दै आफूबाट काम गर्ने सिललिामा जानेर भने कुनै प्रकारको गल्ती नगरेको पनि बताउनुभयो । प्रधानमन्त्री वाओले आफ्नो कार्यकाल अन्तिम चरणमा पुग्दै लाग्दा आज पत्रकार सम्मेलन गरेर आफूले गरेको राम्रा कामहरुको पनि जानकारी गराउनुभयो । चिनियाँ संसदको जारी बैठक लगत्तै चीनमा नयाँ प्रधानमन्त्रीको चयन आगामी केही समयमै गरिने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ