नागढुङ्गा र लगनखेलमा बम फेला

१२ जेष्ठ २०७६, आईतवार २२:११ मा प्रकाशित

काठमाडौँ, १२ जेठ । काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेलमा बम फेला परेको छ । नागढुङ्गाको इँटाभट्टा नजीकै भएको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परीचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्यस्तै लगनखेलको बसपार्क भित्र प्रेसर कुकरमा शंकास्पद वस्तु फेला परेको हो । स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो । सो वस्तु नेपाली सेनाको टोलीले विस्फोट गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अपिलकुमार बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको