सुरत शहरको कोचिङ् सेन्टरमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

११ जेष्ठ २०७६, शनिबार २२:०४ मा प्रकाशित

गुजरात, ११ जेठ । भारतको सुरत शहरमा भएको आगलागी परी मृत्यु हुने व्यक्तिको सङ्ख्या शनिबार १९ पुगेको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ ।

सुरतको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ‘लक्ष्यशिला कम्प्लेक्स’ स्थित कोचिङ् सेन्टरमा रहेका विद्यार्थीहरु सो आगलागीमा परेका समाचारमा जनाइएको छ ।

शुक्रबार भएको यस आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाइएको थियो । आगालागीमा परी घाइते व्यक्तिको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या अझ बढ्न सक्ने सुरतका प्रहरी प्रमुख सतिश कुमार शर्माले बताउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

तेलअबिब । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा