किरात समुदायको महान् चाड साकेला मनाइयो

११ जेष्ठ २०७६, शनिबार २१:५५ मा प्रकाशित

काठमाडौँ, ११ जेठ । किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गरेको छ ।

साकेला उभौली सृष्टिकालदेखि प्रकृति र मानव उत्पत्तिको कथा बोकेको किरात समुदायमा मुन्धुमको महत्वपूर्ण स्थान रहेको छ । मुन्धुम शब्दको अर्थ ‘मु’ भनेको आगो र ‘दुम’ भनेको हिँड्नु हो । यसको किराँत समुदायमा मुन्धुमको अर्थ उज्यालोतिर लाग्नु भन्ने हुन्छ । यस अर्थले सम्पूर्ण किरात समुदाय आजको दिनदेखि उज्यालोतिर अर्थात् राम्रो मार्गतिर जाने हुन्छ ।

उनीहरुका अनुसार किरात जातिमा मुन्धुमको लिखित इतिहास छैन । त्यसैले किरात जातिको संस्कृति तथा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ । मुन्धुम किरातका सामाजिक संस्कार तथा संस्कृतिको मूल आधार हो । दमेवाहाङ्ग राई जातिमा रहेको मिथकअनुसार किरातका चार छोरा थिए । खोवालुङ्ग (हाल चतरा)बाट दूधकोशी, अरुण, तमोर नदी पछ्याउँदै छुटिएको, कान्छा भाइ खोवालुङ् चतराधाम वरिपरि नै रहेको भन्ने किरातको जनविश्वास छ । त्यसमा माहिला भाइ मेवाहाङ्ग हो । उसले अरुण नदी पछ्याउँदै यसको वरिपरि आवाद गरी बसेको छ । हालको किरातको बसोबासको स्थिति हेर्दा यसको प्रमाणित गर्दछ ।

किरात राई यायोक्खाका अध्यक्ष तथा प्रमुख अतिथि विवश राईले साकेला उभौलीमा सफल बनाउन सहयोग गर्ने विभिन्न सङ्घसस्था तथा महानुभावलाई कदरपत्र प्रदान गर्दै नेपालको किरात जातिको उद्गमको इतिहास बोकेको उभौली देशको नै सम्पत्ति भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले किरात जातिको संस्कृति तथा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको बताउँदै किरातको महत्वपूर्ण मुन्धुमले हाम्रो सामाजिक संस्कार तथा संस्कृतिको मूल आधार पनि हो भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको