अन्तर्राष्ट्रिय कराते सोमबारदेखि

१० जेष्ठ २०७६, शुक्रबार २१:३४ मा प्रकाशित

काठमाडौँ, १० जेठ । नेपाल इन्टरनेशनल क्योकुसिन कराते सङ्घको आयोजनामा ‘प्रथम मेयर कप आइकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानका करीब दुई सय खेलाडीको सहभागिता रहनेछ ।

आयोजक आइकेकेएफ, नेपालका प्रमुख सल्लाहकार एवम कार्यक्रम संयोजक राम श्रेष्ठका अनुसार प्रतियोगितमा भारतका ६५, बङ्गलादेशका आठ, पाकिस्तानका तीन र अफगानिस्तानका दुई खेलाडीको सहभागिता रहनेछ । थिमिमा सञ्चालन हुने उक्त दुईदिने प्रतियोगितामा पुरुषतर्फ पाँच तथा महिलातर्फ दुई तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका महासचिव प्रेमनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् । बुधबार राति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।