दुई एकल महिलाद्वारा सगरमाथा आरोहण, पाँचको मृत्यु

१० जेष्ठ २०७६, शुक्रबार २१:२२ मा प्रकाशित

काठमाडौँ, १० जेठ । आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । निमा डोमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले पाँच वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका थिए भने फुरदिकीका पति मिङ्मार शेर्पाको छ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर ज्यान गएको थियो । हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने भन्दै फरदिकी र निमा डोमाले आरोहण यात्रा तय गरेका थिए ।

एकल महिला सधैँ शोकमा बस्ने हैन शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सन्देश दिनको लागि आरोहण गरेको आरोही महिलाको भनाइ छ । वर्षेनी हिमाली क्षेत्रको पदयात्रमा गएका सयाँै आरोही र उनका सहयोगीको मृत्यु हुने गरेको छ । आरोही महिलाले भने आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन् ।

आफन्त वियोगले कोठामै दिन कटाइरहेका एकल महिलालाई विभिन्न सीप र योजना दिएर सङ्घर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका लागि सगरमाथा अरोहणमा गएको उनीहरुको भनाइ छ । पतिसँगै जोक्पे लिएर धेरैपटक आधार शिविर पुगेका फरदिकी र निमाले पति गुमाएपछि पनि यो पेशालाई निरन्तरता दिँदै उचाईतर्फ लगेका हुन् । सगरमाथाको शिखरमा पुगेर फर्केपछि सगरमाथालगायत हिमालयमा ज्यान गुमाउनेका पत्नीलाई सङ्गठित गर्दै संस्था खोल्नेसमेतको उनीहरुको योजना छ ।

पाँचको मृत्यु

आरोहण मौसम शुरु भएदेखि आजसम्म पाँच जना आरोहीको मृत्यु भएको छ । सबैभन्दा बढी भारतीय नागरिकको मृत्यु भएको छ । उनीहरुको आरोहण सकेर फर्कनेक्रममा मृत्यु भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१