भारतीय प्रधानमन्त्री मोदीलाई काँग्रेस सभापति देउवाको बधाई

१० जेष्ठ २०७६, शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौँ, १० जेठ । नेपाली काँग्रेस का सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिनुभएको हो । नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले बताउनुभएको छ । नेपाली काङ्ग्रेस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुनेसमेत देउवाले विश्वास व्यक्त गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी