‘प्रधानीमन्त्री भट्टराईका प्रेस सल्लाहाकार चाढेको गाडी नियन्त्रणमा’

१९ श्रावण २०६९, शुक्रबार १८:५७ मा प्रकाशित

, १९ साउन । सरकारको विरोध गर्दै आएका प्रतिपक्षि दल निकट युवाहरुले सरकारी गाडी नियन्त्रणमा लिने क्रममा सुरु गरेका छन् । उनीहरु शुक्रबार प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहाकार रामरिझन यादव चढेको सरकारी गाडीको साँचो नियन्त्रायमा लिए । यादव चढेको गाडीको साँचो एमाले निकट युवा संघका कार्यकर्ताले खोजेका हुन् ।
उनीहरुले बिदाका दिन सरकारी गाडी भन्दै गाडीको चाबी खोसेका हुन् । सरकारले गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिए पनि यादवले सरकारी गाडी निर्धक्कसंग चढेको भन्दै चाबी खोसिएको युवा संघका महासचिव निरज आचार्यले बताए ।
युवा संघले चाबी खोसेर सडक सुरक्षामा रहेका प्रहरीलाई बुझाएको थियो । प्रहरीले प्रेस सल्लाहकार यादवलाई ओरालेर सवारी चाँही बानेश्वर प्रहरीमा पुर्‍याएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री