भाजपाको बहुमत सुनिश्चित, मतगणना जारी

९ जेष्ठ २०७६, बिहीबार २१:५४ मा प्रकाशित

नयाँ दिल्ली, ९ जेठ (एएनआई)। भारतीय लोक सभाको निर्वाचनको बिहीबार ९ः०० बजे सम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा ८२ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले २४ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य २१४ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको २८ स्थानमा अग्रता रहेको छ ।

इन्डिया त्रिनामुल कङ्ग्रेसले तीन स्थानमा विजयी बनेको छ भने १९ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै अल इन्डिया अन्ना द्रविडा मुन्नेत्र खाजागमले दुई स्थान र आम आदमी पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

यर्सगरी भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले तीन स्थानमा अग्रता लिएको छ भने हिन्दूवादी शिवसेना ले छ स्थानमा विजय हाँसिल गरेको छ भने १२ स्थानमा अग्रता देखिएको छ । लोकजन शक्ति पार्टीले दुई स्थानमा विजय हाँसिल गरेको भने बाँकी चार स्थानमा अग्रता लिएको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४२ स्थानका लागि चुनाव भएको थियो ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । अप्रिल ११ मा शुरू भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो । चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका