अमेरिका–चीन व्यापार युद्धले अन्तर्राष्ट्रिय आर्थिक वृद्धि लाई प्रभावित बनाउने: विश्व मुद्रा कोष

९ जेष्ठ २०७६, बिहीबार २१:५३ मा प्रकाशित

वासिङ्टन, ९ जेठ (एएफपी)। अमेरिका–चीन व्यापार तनावका विश्वको आर्थिक गतिविधिलाई कमजोर बनाउने र उपभोक्ताका लागि मूल्य वृद्धि गर्ने हुँदा सन् २०१९ को अन्तर्राष्ट्रिय आर्थिक वृद्धि प्रभावित हुने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बिहीबार बताएको छ ।

“व्यापार तनावका कारण अमेरिका र चीनका उपभोक्ताहरू त प्रभावित हुने छन्,” विश्व मुद्रा कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले एक ब्लग पोष्टमा भन्नुभयो ।

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कर वृद्धिको रकम तिरेकोको दावी गर्दै यसबाट अमेरिकी अर्थतन्त्र प्रधावित नहुने दावी गरेपनि गोपीनाथले ट्रम्पको दावी खण्डन गर्नुभयो ।

गोपीनाथ तथा उहाँका सहयोगी अर्थशास्त्रीहरूले भनेका छन्, “यदि ट्रम्पले चीनबाट आयात गर्ने सामानमा थप (दण्डनीय) कर वृद्धि गर्ने हो भने यसबाट विश्वको कुल ग्राहस्थ उत्पादनलाई करिब एक तिहाई प्रतिशत अङ्क कममा भारिदिनेछ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई