मिडिया काउन्सिल विधेयक फिर्ता लिन सम्पादकहरुको माग

९ जेष्ठ २०७६, बिहीबार १६:३८ मा प्रकाशित

काठमाडौँ, ९ जेठ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै सम्पादकहरूले फिर्ता लिन माग गरेका छन् ।

छापा, अनलाइन र टेलिभिजन सञ्चार माध्यमका सम्पादकहरूको बिहिबारको बैठकले सरकारले संसदमा पेश गरेको प्रेस सम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरीत रहेको ठहर गरेको हो । बैठकपछि सम्पादहरूले प्रेस वक्तव्य जारी गरि उक्त विधेयक फिर्ता लिन माग गरेका हुन् ।

‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो बिषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं’, वक्तव्य भनिएको छ ।

सम्पादकहरूले जारी गरेको वक्तव्यः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार