सरकारी विद्यालय व्यवस्थापन गरिदिन निजी सञ्चालकलाई प्रधानमन्त्रीको आग्रह

९ जेष्ठ २०७६, बिहीबार १६:२४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओेलीले सरकारी विद्यालय व्यवस्थापनको जिम्मेवारी सम्हाल्न निजी विद्यालय सञ्चालकलाई आग्रह गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था बन्द नहुने बताउँदै प्रधानमन्त्री ओलीले निजी विद्यालय गुणस्तरीय शिक्षाका नेतृत्वकर्ता भएको बताए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले बिहीबारदेखि राजधानीमा सुरु गरेको शैक्षिक मेलाको उद्घाटन गर्दै ओलीले निजी विद्यालयले दिएको शिक्षाको स्तर अब्बल भएको बताए । ओलीले सक्ने भए सरकारी विद्यालयको पनि व्यवस्थापन सम्हाल्न निजी विद्यालय सञ्चालकलाई अनुरोध गरे ।

‘निजी विद्यालयमा लगानी गर्नुस्, सरकारले सुरक्षा दिन्छ’ ओलीले निजी विद्यालय सञ्चालकलाई शैक्षिक माफिया भनेकोप्रति चित्त दुखेको बताउँदै भने, ‘नेपालमै शिक्षा दिने माफिया हुने । तर, विद्यालय बन्द गराएर विदेशमा विद्यार्थी पठाउने चाहिँ वडा ठूलो हुने ?’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको