बाढीका कारण प्रहरीसहित तीनको मृत्यु

१९ श्रावण २०६९, शुक्रबार १८:०१ मा प्रकाशित

दाङ, १९ श्रावण । बाढी प्रभावितहरुको उद्धारमा संलग्न एक सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर रानाको डुबेर मृत्यु भएको छ । राणा सीमा सुरक्षा बल अर्जुनखोलामा कार्यरत रहदै आएका थिए ।
सोनपुर गाविस ३ डोडही खोलामा आएको वाढीले डुवानमा परेका स्थानीय बासिन्दाको उद्धारका लागि गएका राना डुबेर घाइते भएका रानाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता सिसहनिया ९ भगवानपुरकी ४५ वर्षीया खेरिना निसा र गोवैडिया ९ का ज्ञानबहादुर पुनको बाढीमा परी मृत्यु भएको छ ।
भगवानपुरकै कमरुन निसा बेपत्ता छिन् । मानिसहरु उच्च टापु तथा रुख रुखमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका छन् । केहीलाई उद्धार गर्न सकिए पनि धेरै समस्या देखिएको उद्धारमा संलग्न सेना तथा प्रहरीले बताएका छन् । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको दाङका प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले बताए ।
काठमाडौबाट हेलिकोप्टर आउँदै गरेको उनले जानकारी दिए । दाङमा डोरीबाट उद्धार गर्ने तालिम प्राप्त प्रहरी नभएका कारण बाँकेको शमशेरगञ्जबाट तालिम प्राप्त प्रहरी पनि मगाइएको उनले बताए ।
सशस्त्र, जनपद प्रहरी र नेपाली सेनाको टोलीले अन्य प्रभावितहरूको उद्धार जारी राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विपिनकुमार कर्माचार्यले बताए । राप्ती नदीमा बाढी आएपछि सिसहनिया, लालमटिया, सोनपुर, गोबरडिहा, चैलाही, गढवा, बेला, राजपुर र गंगापरस्पुर गविसका दर्जनौ गाउँ डुबानमा परेका छन् । चारैतिर बाढी पसेपछि केही मानिस रूखमा चढिरहेको र केही बीचमै अलपत्र परिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,