प्रधानमन्त्री ओलीले उद्घाटन गरेका विद्युतीय बस नचल्दै सम्झौता रद्द

९ जेष्ठ २०७६, बिहीबार १४:४६ मा प्रकाशित

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्‍घाटन गरेको विद्युतीय बस चल्न नपाउँदै सम्झौता रद्द भएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रदुषण रहित बनाउने उद्देश्यले विद्युतीय बस सेवा ल्याउने सम्झौता भएको थियो ।

एशियाली विकास बैंकको अनुदान सहायतामा लुम्बिनी क्षेत्रमा ५ वटा विद्युतीय बस र ११ वटा विद्युतीय कार संचालन गर्ने योजना थियो । सोही अनुरुप पर्यटन मन्त्रालयले गाडी आपूर्ती गर्नका लागि बिवाईडी अटो ईन्डस्ट्रिज प्रालिसगँ सम्झौता गरेको थियो । तर, बिवाईडी कम्पनीले सम्झौता अनुसारको बस उपलब्ध नगराएपछि सम्झौता रद्द गर्ने प्रक्रिया सुरु भएको हो ।

करिब २८ करोडको लागतमा लुम्बिनीमा संचालन गर्नका लागि लुम्बिनी क्लिन पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट अन्र्तगत ल्याइएको उक्त विद्युतीय सवारी साधन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। तर, संचालनमा आउन नपाउँदै पर्यटन मन्त्रालय सम्झौता रद्द गर्ने प्रक्रियामा पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१