चुनावको एक सिट पनि नजित्दै मोदीलाई ओलीको बधाई

९ जेष्ठ २०७६, बिहीबार १४:३० मा प्रकाशित

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीलाई निर्वाचनमा सफलता पाएको भन्दै बधाई दिएका छन् । सामाजिक संजाल ट्वीटर मार्फत ओलीले मोदीलाई बधाई दिएका हुन् । मतपरिणाम सार्वजनिक नभई ओलीले बधाई दिएका हुन् ।

शुभकामना दिदै ओलीले आगामी दिनको सफलताको कामना गर्दै संगै काम गर्न तत्पर रहेको उल्लेख गरेका हुन् ।

निर्वाचनको मतगणना जारी नै रहेको छ । यो समाचार तयार पार्दासम्म भारतको सत्तारुढ दल भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले ५४३ मध्ये ३४४ सिटमा अग्रता लिएको छ । त्यस्तै बिपक्षी कंग्रेसको युपीए गठबन्धनले ८० सिटमा अग्रता लिएको छ । यी सबै अग्रता लिएका सिट मात्र हुन् । ओलीले ट्वीट गर्दासम्म कुनै स्थानका उम्मेदवारलाई पनि बिजयी घोषणा गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने