भारतीय निर्वाचनमा मोदीलाई बहुमत, यस्तो छ पछिल्लो मतपरिणाम

९ जेष्ठ २०७६, बिहीबार १०:५३ मा प्रकाशित

दिल्ली, ९ जेठ । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा आउँन थालेको छ । प्रारम्भिक मतगणना अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी आवद्द एनडिए गठबन्धनले अग्रता लिएको छ ।

कुल ५ सय ४३ सिटको लागि भएको निर्वाचनको मतगणनामा एनडिए गठबन्धनले २८७ स्थानमा अग्रता लिएको छ । यो संख्या बहुमत भन्दा बढी हो । २७२ सिटमा जित हात परे बहुमत प्राप्त हुनेछ । टाइम्स अफ इन्डियाका अनुसार बिपक्षी युपिए गठबन्धनले १०१ सिटमा अग्रता लिएको छ । युपिए गठबन्धनको नेतृत्व भारतीय कंग्रेसले गरिरहेको छ । आज बेलुकासम्म सम्पूर्ण मतपरिणाम आईसक्ने बताईएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले सन् २०१४ को चुनावमा पाएको बहुमत कायम राख्न यसपटक धेरै मेहनत गरेको छ।देशभरि मोदीको चुनावी सङ्घर्ष विपक्षी कंग्रेस तथा शक्तिशाली क्षेत्रीय दलहरूसँग भएको थियो। मतदान गरेर फर्किएका मतदाताहरूसँग सोधेर गरिएका एक्जिट पोल भनिने मत सर्वेक्षणहरूले मोदीले पुनः जित्ने भविष्यवाणी गरेका छन्। तर विश्लेषकहरूले विगतमा त्यस्ता सर्वेक्षणका परिणाम गलत ठहरिएकाले सजग रहन भनेका छन्।

अन्तिम तथा सातौँ चरणको मतदान आइतबार सम्पन्न भएको थियो। यसपालिको निर्वाचनलाई मोदीको नेतृत्वको जनमतसङ्ग्रहजस्तो मानिएको छ।भारतमा मोदीलाई एक विभाजनकारी व्यक्तित्व मानिन्छ जसलाई कैयौँले मन पराउँछन् भने कतिपयले देशमा विभाजन भड्काएका आरोप पनि लगाउँछन्।

निर्वाचनमा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कुल ५४३ सीट रहेको लोकसभामा कम्तीमा २७२ सीट जित्नुपर्नेछ। सन् २०१४ मा भाजपाले २८२ सीट जितेको थियो। त्यतिखेर कंग्रेस केवल ४४ सीटमा खुम्चिएको थियो।

यो वर्ष भारतको निर्वाचनमा ९० करोड योग्य मतदाता थिए। यो सङ्ख्या विश्वको कुनैपनि निर्वाचनमध्ये सबभन्दा धेरै हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार