आरुबोटे हत्याकाण्डः पोस्टमार्टम सकियो

९ जेष्ठ २०७६, बिहीबार १०:५० मा प्रकाशित

पाँचथर, ९ जेठ । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घटनाका प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले स्थलगत अनुसन्धान जारी राखेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक उमा चतुर्वेदी नेतृत्वको एउटा टोली घट्नास्थलमा प्राप्त प्रमाण लिएर फर्किए पनि सीआइबिकै अर्को टोलीको नेतृत्वले स्थलगत अनुसन्धान जारी राखेको उपरीक्षक कुँवरले बताए । “थप प्रमाण जुटाउन अनुसन्धान जारी रहन्छ” प्रहरी नायब उपरीक्षक कुँवरले भने, “घट्नामा संलग्नको पहिचानका लागि प्राप्त प्रमाणलाई विधिविज्ञान प्रयोगशालामा अनुसन्धान हुनेछ ।”

मिक्लाजुङ–३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको बिभत्स हत्यामा बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमलाई प्रहरीले मुख्य अभियुक्त ठह¥याएको छ । माखिमको शव मङ्गलबार उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो । माखिमको शव फेला परेको स्थानबाट करीब १० मिनेटको पैदल दुरीमा रहेको मिक्लाजुङ गाउँपालिका–८ को मालबाँसे जङ्गलमा रगत लत्पतिएको दापसहितको एक थान खुकुरी, रगत लत्पतिएका तीन थान टिसर्ट, एक थान झोला, एक जोर चप्पल र एक थान हाफपाइन्ट फेला परेको थियो ।

थप अनुसन्धानका ती सामग्री प्रहरी विधि विज्ञान प्रयोगशालामा पु¥याइने भएको छ । “यी सामग्रीबाट सामूहिक हत्यामा संलग्नबारे केही प्रमाण जुट्नेछ” प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भने, “बाँकी प्रमाणका लागि स्थलगत अनुसन्धान, सोधपुछ जारी रहनेछ ।”

सामूहिक हत्या प्रकरणमा मारिएका नौजना र आत्महत्या गरेका एक जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण र शवमाथि अनुसन्धान र प्रमाण सङ्कलन सम्पन्न गरिएको छ । “शव परीक्षण सकेर शव आफन्तलाई जिम्मा लगाइएको छ”, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले वडाध्यक्ष हस्तराज फियाक समेतको सहभागितामा शव गाउँमा ल्याउँदै गरिएको जानकारी दिए । स्थानीयवासीले घटनामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुरको संलग्नता रहेको भए पनि उनी एक्लैले मात्रै घट्ना गराउन सम्भव नरहेको बताएका छन् । “एक्लैले यत्तिका मान्छेको हत्या ग¥यो भनेर विश्वास गर्न सकिएको छैन्”, गाउँपालिका अध्यक्ष माखिमले भने,“गाँउका कसैले हत्याको घट्नाको कुनैपनि आवाज र होहल्ला नसुकेको भन्ने कुराले आश्चार्यमा परेका छौँ ।”

बमबहादुर दम्पत्तिका छोरा नभएका कारण ज्वाइँ धनराजले ससुरालीभन्दा करीब डेढ किलोमिटर माथि घर जग्गा किनेर सासू ससुराको स्याहार गर्दै आएको वडाध्यक्ष हस्तराज फियाकको भनाइ छ । घट्नापछि प्रहरीको प्रारम्भिक अनुसन्धानले बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले श्रीमती मनकुमारीसँग नचाहेरपनि सम्बन्ध विच्छेद गर्नुपरेको झोकमा सबैको हत्या गरेको अनुमान गरेको थियो ।

माखिमले साढुदाइ धनराजका कारण आफूले श्रीमतीलाई छोड्नुपरेको बताउँदै आएको स्थानीयवासीको दाबी छ । मानबहादुर र मनकुमारीबीच हालै मात्र सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढेको वडाध्यक्ष फियाकले जानकारी दिए । घटना रहस्यमय भएका कारण प्रहरीले विस्तृत अनुसन्धान गर्ने जनाएको छ । “अहिले नै सबै प्रमाण जुट्ने र हत्याको कारण, हत्यामा संलग्नबारे पहिचान हुनसक्दैनन्” प्रहरी निरीक्षक पौडेलले भने “विस्तृत अनुसन्धान, शव परीक्षण रिपोर्ट लगायतपछि कुनै निष्कर्ष निस्केला ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी