ग्रामीण पुर्ननिर्माण आयोजनाका योजना पूरा नहुने सङ्केत

१ चैत्र २०६८, बुधबार ०८:५५ मा प्रकाशित

दोलखा, १ चैत । दोलखाको भौतिक विकासका लागि ठुला दातृ निकायले चासो नदेखाएको बेला यहाँ सञ्चालित ग्रामीण पुननिर्माण तथा पुनस्र्थापना आयोजनाले सञ्चालन गरेको कार्यक्रम पनि पुरा नहुने संकेत देखिएको छ । एसियाली विकास बैंक, स्वीस सरकार विकास नियोगलगायतका अन्य दातृ निकायको संयुक्त लगानीमा दोलखामा सञ्चालित आयोजनाले तीन ठुला सडक आयोजना सहित १३ वटा खानेपानी आयोजना, २० वटा झोलुङ्गे पुल र अन्य पुरक पुर्वाधारका योजना सञ्चालन गर्दै आएको छ । आयोजना सकिन अब ९ महिना मात्र बाँकी रहँदासम्म आयोजनाको काम ५० प्रतिशत भन्दा बढी रहेकाले कार्यक्रम पुरा नहुने संकेत देखिएको हो । आयोजना मार्फत दोलखा भित्रिएको करोडौंको बजेट फ्रिज हुने भएकाले जिल्लास्थित सरोकारवालाहरुले आयोजनालाई तोकिएको मितिमा कार्यक्रम सम्पन्न गर्न आग्रह गरेका छन् । जिल्लामा दातृ निकायको सहयोगमा सञ्चालित यो नै ठुलो आयोजना हो । जिल्ला विकास समिति दोलखा सँगको सहकार्यमा आयोजनाले काम गर्दै आएको छ । आयोजनाको कुल बजेट ३५ करोड १६ लाख भन्दा बढी भए पनि हालसम्म २० करोड ६१ लाख, ९२ हजार मात्र खर्च भएको छ । आयोजनाले सञ्चालन गरेको खानेपानी र झोलुङ्गे पुलका आयोजनाहरु भने पुरा भई हस्तानतरण भइसकेका छन् । सडक आयोजनाहरु ढिलाई हुनुको कारण पत्ता लगाई आवश्यक प्रक्रिया अघि बढाइने दोलखाका स्थानीय विकास अधिकारी ऋषिराज आचार्यले जानकारी दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ