इतिहास मै पहिलो पटक राष्ट्रपतिबाट विधेयक संसद मै फिर्ता

९ जेष्ठ २०७६, बिहीबार ०८:१६ मा प्रकाशित

काठमाडौँ, ९ जेठ । गणतन्त्र नेपालको इतिहास मै पहिलोपटक प्रमाणिकरणको लागि गएको विधेयक राष्ट्रपतिबाट फिर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि फिर्ता पठाएकी हुन।

उक्त विधेयक राष्ट्रिय सभा छलेर राष्ट्रपति समक्ष पठाईएको थियो । प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी नेपालको संविधानको धारा ११३ को उपधारा९२० बमोजिम प्रमाणिकरणका लागि पेश गरेको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम संसद मै फिर्ता भएको हो ।

संसद्को तेस्रो अधिवेशनको अन्तिम समयमा प्रतिनिधिसभाले पारित गरेर उक्त विधेयक राष्ट्रिय सभामा पठाएको थियो । त्यहि समय मै अधिबेशन अन्त्य भएकोले सो विधयेक राष्ट्रिय सभामा पेश नै हुन् पाएँन । ६० दिनभित्र प्रक्रिया अघि नबढेको र कुनै प्रक्रिया नआएको भन्दै प्रतिनिधिसभाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

मंगलबार मात्रै राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्य रामनारायण विडारी र राधेश्याम अधिकारीलाई शीतलनिवास बोलाएर विधेयकबारे राय लिएकी थिइन्।

विधेयकका कतिपय बुँदाहरुले नेपाली नागरिकलाई राहदानी दिन रोक्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार