वेस्ट इन्डिजको क्रिकेट लिगमा सन्दिप छनौट , गत बर्ष भन्दा १४ गुणा बढी मूल्य

९ जेष्ठ २०७६, बिहीबार ०८:१३ मा प्रकाशित

वेस्ट इन्डिज, ९ जेठ । नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार दोस्रो सिजन वेस्ट इन्डिजको टि २० क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सिपिएलमा छनौट भएका छन् । आज भएको प्लेयर ड्राफ्टको ५ औ चरणमा सन्दिपलाई बार्बाडोज ट्राइडेन्टसले छनौट गरेको हो ।बार्बाडोज सन् २०१४ को लिग बिजेता हो ।

यस टिमका कप्तान वेस्ट इन्डिजका कप्तान जेसन होल्डर छन् । उनको टिममा एलेक्स हेल्स, आसिफ अली, वाहब रियाज लगायत खेलाडी छन् । अघिल्लो बर्ष ५ औ चरणमा छनौट हुने खेलाडीको मूल्य ७० हजार डलर तोकिएको थियो । यस पटक पनि सन्दिपले कम्तिमा ७० हजार डलर प्राप्त गर्ने छन् । यदि मूल्य बढेको भए सन्दिपले सो भन्दा बढी रकम हात पार्ने छन् ।

सन्दिपले यस अघि नै यो लिग खेलीसकेका छन् । उनले गत सिजन सेन्ट किट्स टिम बाट खेलेका थिए । उनले गत सिजन ५ खेलमा ७ विकेट लिएका थिए । गत सिजन सन्दिप १३ औ चरणमा ५ हजार डलरमा अनुबन्धन भएका थिए । यो पटक उनले गत सिजन भन्दा १४ गुणा बढी रकम पाउने भएका हुन् ।

लिगको ड्राफ्टमा नेपालबाट दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल पनि छन् । उनीहरु यो समाचार तयार पार्दा सम्म छनौट भएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले