दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने

८ जेष्ठ २०७६, बुधबार २२:०५ मा प्रकाशित

साँखु, ८ जेठ । तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा कार्याक्रम आयोजना गरेको समितिले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी र ४० अफिसियल सदस्यले सहभागिता जनाउने तोयाकन नेपाल बादोरियो कराँते डो सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अजयभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

खेल संस्कृतिको विकास गर्दै खेलकूदको माध्यमबाट नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनुका साथै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको सङ्घका महासचिव अरुणकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकूद मात्र नभएर सोही प्रतियोगिताको अवसरमा हामीले बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छौँ । कार्यक्रममा सहभागी भएर इच्छुकलाई रक्तदान गर्नसमेत अनुरोध गर्दछौँ ।”

उक्त प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका देशबाट सहभागी हुने आयोजक कमिटीले जानकारी दिएको छ । प्रतियोगितामा काता र कुमिते गरी ३० खेलको विधामा सहभागीले ३० स्वर्ण, ३० रजत र ६० काश्य पदकका लागि मैदानमा उत्रिनेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट हुनेले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । किक बक्सिङतर्फ प्रथम पुरस्कारस्वरुप नगद रु १० हजार, द्वितीय पाँच हजार र तृतीय हुनेले रु तीन हजारसमेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

आजको प्रमुख समाचार