सगरमाथाको उचाइ मापन गर्न गएको प्राविधिक टोली सगरमाथा पुग्यो

८ जेष्ठ २०७६, बुधबार २२:०३ मा प्रकाशित

काठमाडौँ, ८ जेठ । सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३ः०० बजे शिखरको आरोहण गरेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेविगेसन स्याटलाईट सिस्टमको उपकरण जडान गर्नुभएको विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक सुशील डङ्गोलले जानकारी दिनुभयो ।

विभागले पहिलोपटक सरगरमाथाको उचाइ मापन गर्ने उद्देश्यले आवश्यक तालीम तथा पथ प्रदर्शकको व्यवस्था गरी प्राविधिकलाई त्यस क्षेत्रमा गत चैत २७ गते खटाएको थियो । उक्त टोलीमा नापी विभागका सुरजसिंह भण्डारी र युवराज धितालसमेत हुनुहुन्छ । उहाँहरुले उक्त शिखरको आधार शिविरमा रही उचाइ मापनमा आवश्यक अन्य सहयोग गरिरहेका विभागले जनाएको छ ।

आरोहणकार्य चुनौतीपूर्ण रहेको र मौसमको अनुकूलता कायम भएमा शुक्रबारसम्म टोली काठमाडौँ फर्कन सक्ने विभागले जनाएको छ । डङ्गोलले कार्यक्षेत्रमा सङ्कलन गरिएका सूचना तथा अन्य विवरणका साथै प्राविधिक अध्ययन पूरा गरेपछि शिखरको उचाइको परिणाम आउन अझै करीब छ महीना लाग्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको