काँग्रेसद्वारा पाँचथर घटनाको छानबिन गर्न माग

८ जेष्ठ २०७६, बुधबार २१:५७ मा प्रकाशित

काठमाडौँ, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा नौ जनाको सामूहिक हत्या भएको घटनाको गम्भीर छानविन गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेसले उक्त घटनालाई गम्भीरतापूर्वक लिँंदै घटनास्थलमा पार्टीका प्रतिनिधि पठाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र पार्टीको पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई पाँचथरको मिक्लाजुङ पठाएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत मृतकको आत्माको चिर शान्तिको कामना तथा शोकमग्न सिङ्गो गाउँप्रति पार्टीकोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

नर्सको अनशनप्रति ध्यानाकर्षण

यस्तै काँग्रेसले पेशागत हकहित, सुरक्षा एवं न्यूनतम सेवा सुविधाको माग राखी गत वैशाख २७ गतेदेखि अनशनरत नर्सको माग हालसम्म पनि राज्यबाट सम्बोधन नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत अनशनको १४औँं दिन बितिसक्दा पनि अनशनरत जीता बरालको माग सुनुवाई नहुनु दुःखद् भएको जनाएको छ ।

अनशनरत बरालको स्वास्थ्य स्थिति दिनप्रतिदिन बिग्रँदै गएको विज्ञप्तिमा उल्लेख छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बरालको जीवनरक्षाको प्रमुख दायित्व राज्यको भएको र यसमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सरकारी पक्ष र अनशनरत पक्षबीच यथाशीघ्र वार्ता गरी संवादका माध्यमबाट पेशागत हकहित र अधिकारसँग सम्बन्धित सबै जायज माग पूरा गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट

आजको प्रमुख समाचार