पहिरोमा परि एकै घरका चारजनाले ज्यान गुमाए

१९ श्रावण २०६९, शुक्रबार १७:०० मा प्रकाशित

गुल्मी, १९ साउन – गुल्मी ठूलोलुम्पेकमा पहिरोमा परी एकै परिवारका ४ जनाले ज्यान गुमाएका छन् ।  ठूलोलुम्पेक गाविस २ ढुङगेचाल्नेका घनश्याम विकको घर पहिरोले बगाउँदा  ३९ वर्षीय श्रीमती भूमि, १३ वर्षीय छोरा उमेश, ११ वर्षीया छोरी मुना र ६ वर्षीया छोरी विपनाको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा पुरिएका ४२ वर्षीय घनश्याम र उहाँका १० वर्षीय छोरा केशरलाई भने स्थानीयले उद्दार गरेका छन् ।  घाईतेहरुको अवस्था भने सामान्य रहेको छ । घटनाको जानकारी पाएपछि अहिले ईलाका प्रहरी कार्यालय रिडीवाट प्रहरीको टोली घटना स्थलतर्फ लागेका प्रहरी निरीक्षक विनिमादेव पौडेलले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम तम्घासवाट १४ कोष पूर्वमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको