बेलायती मन्त्री र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

८ जेष्ठ २०७६, बुधबार १५:५९ मा प्रकाशित

ललितपुर, ८ जेठ । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले आज दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकि छिन् । ललितपुरस्थित दाहालको निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति अवस्था र आर्थिक समृद्धिका बिषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताएका थिए ।

दाहालले भेटमा शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको बताएका थिए । नेपालमा अहिले लगानीमैत्री वाताबरण बनेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको बताएका थिए ।

बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू प्रभावित बनेको बताईन । उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१