क्यारेबियन लिगको ड्राफ्ट आज, कुन क्लबले किन्ला नेपालका चार खेलाडी ?

८ जेष्ठ २०७६, बुधबार ०८:३६ मा प्रकाशित

काठमाडौँ, ८ जेठ । वेष्ट इन्डिजको फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ । सीपीएलले आगामी संस्करणको क्रिकेटको ड्राफ्ट गर्न लागेको हो ।

नेपाली समयअनुसार ड्राफ्ट राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सीपीएलले विश्वभरिका राष्ट्रबाट ५३६ खेलाडीलाई ड्राफ्टमा समावेश गरेको छ ।

यो पटकको ड्राफ्टमा नेपालका चार जना युवा खेलाडी पनि समावेश छन् । ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित रोहित कुमार पौडेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी छन् । युवा खेलाडीको विश्वचर्चित आफ्नो पहिचान बनाएका सन्दीप ड्राफ्टबाट क्लबमा अनुबन्धित हुने निश्चित जस्तै छ । उनले गत संस्करणमा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए ।

आफ्नो डेब्यु प्रतियोगितामै सफल बनेका सन्दीपले पाँच खेलबाट ७ विकेट लिएका थिए । सन्दीपमाथि आज ड्राफ्टमा सबै टिमको नजर हुनेछन् । विश्वका सबै लिग खेलिसकेका सन्दीपलाई यो पटक कुन क्लबले लिन्छ ? त्यो भने ड्राफ्टबाटै थाहा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित