मिलनले ल्याए ‘नेताजीको म्याद’

१९ श्रावण २०६९, शुक्रबार १६:५० मा प्रकाशित

काठमाडौं, १९ साउन । रेडियो पत्रकार मिलन तिमिल्सिनाको हास्यव्यंग्य संग्रह ‘नेताजीको म्याद’ सार्वजनिक भएको छ । गाईजात्राको अवसरमा रेडियो अडियो र सिस्नुपानी नेपालले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा चर्चित हास्य कलाकारहरुले तिमिल्सिनाको पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमा देशको समसामयिक राजनीतिक घटनाक्रम तथा नेताहरुको कार्यशैलीलाई व्यंग्य गरिएका ३६ वटा लेख समेटिएको छ ।
पुस्तकमा हास्यव्यंग्य लेखकहरु मनोज गजुरेल, नरनाथ लुईंटेल र लक्ष्मण गाम्नागेले टिप्पणी गर्दै तिमिल्सिनाको पुस्तकले राजनीतिको तीतो यथार्थ झल्काएको बताएका छन् । हास्यंव्यंग्य साहित्यमा मिलनको पहिलोयात्रा उत्कृष्ट भएको उनीहरुको प्रतिकृया छ । हास्यंव्यंग्य निबन्धमा कलम चलाउनेहरुको संख्या कम भैरहेको बेला मिलनको साहित्यिक यात्रा महत्वपूर्ण हुने लुईंटेलले बताउनुभयो ।
सेञ्चुरी प्रिन्टिङ एन्ड पब्लिसिङ नेपाल प्रा.लि प्रकाशन गरेको पुस्तकको मूल्य एकसय रुपैंया तोकिएको छ । उज्यालो ९० नेटवर्ककमा कार्यरत पत्रकार तिमिल्सिनाको यो दोस्रो कृति हो । यसअघि उनले मिलनको बकपत्र नामक आत्मपरक निबन्ध प्रकाशित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी